खबर ठुलो छ

० हालै तपाईं प्रहरीको गिरफ्तारीमा परी रिहा हुनुभएको के भन्नु हुन्छ ?

हो, म र हाम्रो संगठनका केन्द्रीय सदस्य क. प्रकाश विकलाई फाल्गुन ५ गते विहान ११ः३० बजे संगठनको काममा रहेको अवस्थामा काठमाडौँको मध्यबानेश्वरबाट केपी ओलीको नेतृत्वमा रहेको सामाजिक दलाल, फासिवादी सरकारको रामबहादुर गृह प्रशासनले गैरन्यायिक रुपमा गिरफ्तार गरेको थियो । विहान ११ः३० वजे गिरफ्तार गरेपछि हामीसँग भएका मोबाइलहरु, कागजपत्र, डायरीलगायतका सबै सामग्रीहरु कव्जा गरियो र हामीलाई गालीगलौज सहित हत्कडी लगाएर तिमीहरुको कोठा कहाँ छन् भनी उपत्यकाका विभिन्न ठाउँमा घुमाइयो । बाटोमा अपशव्दहरुको प्रयोग, कुटपिट गर्दै हाम्रो भक्तपुरमा रहेको कोठामा लगियो र त्यहाँ भएका परिवारका सदस्यहरुमाथि दुव्र्यवहार गर्दै कोठामा भएका विभिन्न कितावहरु, कागजपत्र, दस्तावेज, रिपोर्टहरु पनि नियन्त्रणमा लिइयो । हामीबाट गैरकानुनी गतिविधि गरेको कुनै पनि प्रमाणहरु नभेटिएपछि वाटोमा महिलाहरु माथि अभद्र व्यवहार गरेको र सुरक्षाकर्मीहरुसँग सहकार्य नगरेको भन्ने झुट्टो मुद्दा लगाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पहिलो पटक ७ दिनको र दोस्रो पटक ६ दिनको म्याद थप गरी टेकुको हिरासतमा वन्दी बनाइयो । १० दिनको हिरासत वसाईपछि संगठनका साथीहरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट जारी भएपछि फाल्गुन १४ गते रिहा भयौँ ।

० प्रहरी हिरासतमा तपाईंमाथि निर्घात कुटपिट र करेन्टसमेत लगाएर बयान लिने काम भयो भन्ने प्रचारमा आएको छ, वास्तविकता वताइदिनुहुन्छ कि ?

हो, बाहिर मिडिया र सामाजिक संजालहरुमा आएका विषयहरु सत्य हुन । सादा पोशाकका प्रहरीहरुले गिरफ्तार गरेपछि तत्कालै हाम्रा सवै सामग्रीहरु नियन्त्रणमा लिइयो । बिना पक्राउ पुर्जी र विना कुनै स्पष्ट कारण अपहरणशैलीमा हामीलाई गिरफ्तार गरियो । पक्राउ गरे लगत्तै तिम्रा सेल्टरहरु कता छन्, सामग्रीहरु कता छन्, चिठी पत्रहरु कता छन् ? भनी कुटपिट गर्दै र अपशव्दहरु प्रयोग गर्दै निरन्तर मानसिक र शारीरिक यातनासहित सोध्न थालियो । भक्तपुरमा भएका हाम्रा कोठाहरुमा आफन्तहरुलाई दुव्र्यवहार र कुटपिटसहित खानतलासी पछि त्यहाँवाट विभिन्न सामग्रीहरु (किताव, दस्तावेज, रिपोर्टलगायत) नियन्त्रणमा लिई साँझ ४ बजेतिर प्रहरी कार्यालय टेकुमा लिई त्यहाँ हामीसँग भएका मोवाईलहरुका विगत १ महिनादेखि हामी गएका विभिन्न ठाउँका लोकेशनहरुको रिपोर्ट ल्याई ती सवै ठाउँहरु देखाउन भनी यातना दिई सोध्न थालियो । हामीले हाम्रो भएको कोठामा गइसकेको बताउँदा पनि फेरि राती मलाई मोवाईल लोकेशनहरुको आधारमा विभिन्न ठाउँहरुमा घुमाउने काम गरियो । यही वेला अमानविय ढंगले विभिन्न असम्वन्धित प्रश्नहरु सोधी तिनको जवाफका लागि विद्युतिय तरंग दिने, त्रसित बनाउने आवाज आउने इलेक्ट्रोनिक डिभाइसहरुको प्रयोगसमेत गरियो । हाम्रा सबै सामग्रीहरु र कोठासमेत खानतलासी गरिसक्दासमेत विहान ११ः३० बजेदेखि राती १ वजेसम्म उपत्यका र आसपासका क्षेत्रहरुमा मलाई गाडीमा राखी निरन्तर यातना दिँदै विभिन्न ठाउँहरु घुमाउने, असम्वन्धित प्रश्नहरु सोध्ने, कुटपिट गर्ने र अश्लिल शव्दहरु प्रयोग गर्ने आततायी र अमानविय व्यवहार गरियो ।

० अखिल (क्रान्तिकारी) माथि सरकारले अघोषित प्रतिवन्ध लगाएको छ के भन्नुहुन्छ ?

हो, अहिलेको सामाजिक दलाल फासिवादी केपी सरकारले हाम्रो संगठन माथि अघोषित रुपमा प्रतिवन्ध लगाएको छ । विगत एक वर्षदेखि हाम्रो संगठनका कुनै पनि कार्यक्रमहरु गर्न नदिने, संगठन विस्तार, भेला सम्मेलनलगायतका शान्तिपूर्ण कार्यक्रमहरुबाट हाम्रा संगठनका केन्द्रीय अध्यक्षदेखि पदाधिकारीहरु, सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरुलगायत साधारण सदस्य र समर्थकहरु समेतलाई यो दलाल फासिवादी सरकारले गिरफ्तार गर्ने, झुट्टा मुद्दाहरु लगाउने, अमानविय यातना दिने, विभिन्न जिल्लाहरुमा झुट्टा मुद्दाहरु लगाई घुमाउने, अदालत र न्यायिक निकायहरुले प्रचलित कानुनअनुसार सफाइ दिई रिहा गर्दासमेत नियम र कानुनको धज्जी उडाउँदै पुनः गिरफ्तार गर्ने र जेल र हिरासतका कालकोठरीहरुमा कैद गर्ने फासिवादी हर्कत जारी राखेको छ । १० वर्षे महान् जनयुद्धका आत्मसमपर्णवादीहरु एवं दक्षिणपन्थीहरु र जनयुद्ध तथा जनआन्दोलनको अवधीसम्म पनि राजाको पाउमा दाम राखेर विन्तिपत्र हाल्ने र गणतन्त्रको सपनालाई बयलगाडा चढेर अमेरिका जानुसंग तुलना गर्ने र त्यो सोच र दृष्टिकोण राख्ने विदेशीका दलाल, भ्रष्ट, फासिवादीहरु नेपालमा पटक–पटक असफल भएको र जनता तथा देशका समस्याहरुको हल गर्न निरन्तर असफल भएको मृत संसदीय व्यवस्थालाई पुनः एक पटक आफ्नो लुटको स्वर्ग रक्षा गर्ने साधन बनाउँदै छन् । केपी सरकारले देशमा व्याप्त भ्रष्टाचार, असमानता, उत्पीडन, विभेद, कालोवजारी, विदेशी हस्तक्षेप, परनिर्भरता, गरिवी, वेरोजगारी, दण्डहीनता, राष्ट्रघात, जनघातजस्ता विषयहरुको विरोध गर्ने राजनैतिक पार्टी, संगठन र व्यक्तिहरुमाथि दमन गर्ने, प्रतिवन्ध लगाउने, जेलमा कोच्ने र हत्या गर्नेसम्मका फासिवादी हर्कत गरिरहेको छ । हाम्रो संगठन नेपालको शिक्षा प्रणालीमा भएको विकृति र असफल सिद्ध भएको नितान्त व्यापारको विषय बनेको दलाल पुँजीवादी संसदीय शिक्षा प्रणालीको विकल्पमा समान, विज्ञानमा आधारित, राज्यको व्यवस्थापनमा चल्ने, रोजगारमूलक, देशको प्राकृतिक साधनस्रोत र मानव संसाधनलाई जोड्ने वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनाको लागि निरन्तर संघर्षमा छ । तर, देशको विकास र भविष्यसंग प्रत्यक्ष जोडिएको शिक्षा जस्तो संवेदनशील विषयमा हामीले उठाएका न्यायिक र जायज विषयहरुबाट आत्तिएर शिक्षाका व्यापारीहरु, माफियाहरुको प्रभावमा परेर देशको शिक्षा प्रणालीलाई असफल र जनता र देशको जिवनलाई नछुने बनाइएको छ । हाम्रो विद्यालयहरु र विश्वविद्यालयहरुबाट उत्पादन भएका विद्यार्थीहरु विदेशी वजारमा सस्तो श्रम वेच्न बाध्य भएका छन् । निजी र सार्वजनिक शिक्षामा भएको असमानता र विभेदले तिनीहरुबीचको दरार पुर्न नसकिने स्तरमा बढेको छ । त्यो विषय शैक्षिक मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक असमानताको विषयसम्म बन्न पुगेको छ । २ वर्षको यो अवधिमा यो सरकार जनताका समस्याहरुको समाधान गर्न पूर्णरुपले असफल भएको छ । यसको नक्कली राष्ट्रवादी र जनतान्त्रिक मुकुण्डो उत्रिएको छ । यो दिनप्रतिदिन भ्रष्टाचार, राष्ट्रघात, कमिसनतन्त्र, दलालीका नयाँ किर्तिमानहरु कायम गर्दै गएको छ । नेपालको शैक्षिक प्रणालीमा भएका विविध खालका विकृति र विसंगतिहरुको विरुद्धमा आवाज उठाउने हाम्रो संगठनमाथि यो सामाजिक दलाल फासीवादी केपी सरकारले लगाएको प्रतिवन्धले जहाँनिया राणा शासनमा विद्यार्थीहरुमाथि लगाइएको प्रतिवन्ध, पंचायतले लगाएको प्रतिवन्ध, र १० वर्षे जनयुद्धको समयमा राजतन्त्रको नेतृत्वमा तत्कालीन नेपाली कांग्रेस र एमालेको सरकारले लगाएको प्रतिवन्ध तथा आतंककारी घोषणा गरेकोे झल्को आएको छ ।

० आमजनताका छोराछोरीले उचित शिक्षा प्राप्त गर्ने अवसरबाट बन्चित छन्, यस सम्वन्धमा संगठनले के सोचेको छ ?

यो कुरा सत्य हो । नेपालको शिक्षा प्रणालीमा गम्भिर खालका समस्याहरु छन् । यसको मारमा सवै विद्यार्थी र युवाहरु परेका छन् । विशेषगरी नेपाल जस्तो गरिव मुलुकमा शिक्षामा भएको असमानता र विभेदका कारण आर्थिक रुपमा विपन्न, भौगोलिक रुपमा विकट क्षेत्रहरुका वालवालिकाहरु र विद्यार्थीहरुको भविष्य नै वर्वाद र अन्धकारमय भएको छ । अहिले पनि लाखौँ वालवालिकाहरु आर्थिक र सामाजिक कारणले विद्यालय जानवाट वन्चित भएका छन् । कक्षा १ मा भर्ना हँुदा १२÷१४ लाखको वरिपरी हुने संख्या एसईईसम्म आउँदा मात्र ४÷५ लाखको संख्यामा छ । बाँकी विद्यार्थीहरु विचमा नै विद्यालय छोड्न वाध्य भएका छन् । तिनीहरु कहाँ छन्, के गरिरहेका छन् त्यो विषय सरकारको मतलवको विषय वनेको छैन । नेपालमा भएको द्वैध शिक्षा प्रणालीका कारण विद्यार्थीहरुको स्तर र प्रतिस्पर्धात्मकतामा आकाश जमिनको अन्तर परेको छ । सार्वजनिक शिक्षाको गुणस्तर एकदमै कमजोर छ । जनताको सार्वजनिक शिक्षामा विश्वास नै छैन । सर्वसाधारणहरु सकि–नसकी आफ्ना वालवालिकाहरु निजी शिक्षालयहरुमा भर्ना गरिरहेका छन् र निजी शैक्षिक संस्थाहरुले त्यसको गलत फाइदा उठाउँदै लुटको धन्दा चलाइरहेका छन् । अधिकांश विद्यार्थीहरु उच्च शिक्षालयहरुमा प्रवेशबाट वन्चित भएका छन् । हाम्रा विश्वविद्यालयहरु र उच्च शिक्षालयहरुको गुणस्तर कमजोर खालको छ । अध्ययन सक्दा पनि देशमा रोजगारीको कुनै अवसर छैन, अधिकांश विद्यार्थीहरु पढाई सक्दा नसक्दै विदेशिने र फेरि फर्केर नआउने क्रम निरन्तर बढ्दो छ । हाम्रो युवा र विद्यार्थीहरुको हाम्रो देश र संसदीय व्यवस्था र यसको नेतृत्वप्रति रक्तिभर पनि विश्वास देखिँदैन । तसर्थ, नेपालको शिक्षा प्रणाली गम्भिर खालको समस्याले ग्रस्त भएको छ । संविधान र भाषणहरुमा अहिलेका शासकहरुले जति मिठा कुरा गरे पनि जनताको जिवनस्तरमा त्यसको प्रभाव शून्य मात्रामा रहेको छ । तसर्थ अहिलको दलाल पुँजीवादी संसदीय शिक्षा प्रणालीका विकल्पमा राज्यको व्यवस्थापन र नियन्त्रणमा राष्ट्रिय आवश्यकता र देशको मागलाई सम्वोधन गर्ने वैज्ञानिक, समान र श्रम एवं उत्पादन केन्द्रीत वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना र कार्यान्वयनको विकल्प छैन । शिक्षा प्रणाली प्रत्यक्ष रुपमा राज्य प्रणाली, शासन व्यवस्था र नेतृत्वसंग जोडीएको विषय भएकाले अहिलेको दलाल पुँजीवादी संसदिय व्यवस्था भित्रबाट नयाँ र जनपक्षिय शिक्षा प्रणाली स्थापनाको संभावना छैन । तसर्थ दलाल पुँजीवादी संसदिय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य प्रणालीको स्थापना वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको पूर्वसर्तको रुपमा रहेको छ । साथै अहिलको विकृत र समस्याग्रस्त शिक्षा व्यवस्था सुधारका तत्कालिक विषयहरुप्रति कठोर र अनवरत संघर्ष पनि अपरिहार्य छ ।

० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

हाम्रो देश र जनतामाथि अहिले राजनैतिक, आर्थिक, सांस्कृतिक रुपले भ्रष्ट, राष्ट्रघाती र जनविरोधी दलाल पुँजीवादी संसदिय व्यवस्था जर्वरजस्त लाद्न खोजिएको छ । त्यसका विकृति र विसंगतिहरुले देश र जनता आक्रान्त बनेका छन् । विदेशीको हस्तक्षेप र नियन्त्रण अझै बढेर गएको छ । शिक्षा, स्थास्थ्य जस्ता मौलिक विषयहरु जनताको पहुँचभन्दा टाढाका विषय बनेका छन् । तसर्थ, यो दलाल पुँजीवादी राज्य व्यवस्थाको अन्त्य अहिलको अपरिहार्य आवश्यकता बनेको छ । विगतका शासकहरुले जस्तै अहिलेका दलाल पुँजीवादी संसदीय व्यवस्थाका मालिकहरुले पनि विद्यार्थी र युवाहरुप्रति अराजनैतिक, असहिष्णु र दमनको नीति अख्तियार गरेका छन् । युवा र विद्यार्थीहरुको स्वतन्त्रता र मुक्तिका आवाजहरुलाई जेल–नेल र बन्दुकको बलले दबाएर आफ्नो लुटको स्वर्ग बचाउन प्रयत्नरत देखिन्छन् । तसर्थ विद्यार्थीहरु र देशको समग्र विकास गर्न सक्ने वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको संघर्षमा देशैभरिका सम्पूर्ण युवा विद्यार्थीहरु एक पटक आन्दोलनको मोर्चामा डट्नुपर्ने वस्तुगत स्थितिको सृजना भएको छ । र, हाम्रो संगठन त्यसको निम्ति सबै युवा विद्यार्थीहरुलाई आह्वान पनि गर्दछ । शासकहरुका दमन र जेलनेलले परिवर्तनको आवाजलाई इतिहासमा कहिल्यै पनि निस्तेज पार्न र रोक्न नसकेका दृष्टान्तहरुलाई आत्मसात गर्दै गौरवपूर्ण संघर्षको वाटोमा लाग्न सवैलाई आह्वान पनि गर्दछु । अझै पनि सरकारले हाम्रो संगठनका धेरै साथीहरुलाई हिरासत र जेलमा कोचेको छ । ती सबै साथीहरुको तत्काल विना सर्त रिहाईको माग पनि गर्दछु । यस प्रकारका दमन र यातनाहरुवाट हामी कहिल्यै पनि विचलित हुनै छैनाँै भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । साथै तपाईको मिडियामार्पmत् हाम्रा विषयहरु आमविद्यार्थीहरु र जनसमुदायमा सम्प्रेषण गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

– क्षेप्यास्त्र साप्ताहिकवाट

हामीलाई प्रतिबन्धको कुनै पर्वाह छैन

चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी

० हालै गिरफ्तार भएर रिहा हुनुभएको छ, के भन्नुहुन्छ ?

फागुन १ गते महान् जनयुद्ध दिवसको २५ औँ उत्सव मनाउन हामी सुन्धारामा जम्मा हुँदै थियौँ । पार्टी र जबससहितको संयुक्त कार्यक्रम थियो । सुन्धारमा भेला हुने र जनयुद्ध दिवसको २५ औँ उत्सवमा नेपालको परिवर्तनको आन्दोलनहरुमा महान् सहिदहरुलाई श्रद्धाञ्जली दिने, बेपत्ता योद्धाहरुको स्मरण गर्ने, घाइते योद्धालाई सम्मान गर्ने र सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्तहरुमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा सहभागी हुँदै गर्दा हिजो जनयुद्धको नेतृत्व गरेका र आज आत्मसमर्पण गरेर दलाल संसदीय व्यवस्थाको मसिहा बन्न पुगेका केपी–पिके सरकारको निर्देशनमा मलगायत दर्जनौँ कमरेडहरुलाई गिरफ्तार गरिएको थियो ।

० अखिल (क्रान्तिकारी) माथि अघोषित प्रतिबन्ध लगाइएको छ, के भन्नु हुन्छ ?

हाम्रो संगठनमाथि अघोषित प्रतिबन्ध लगाउने कार्य अनैतिक र कायरतापूर्ण कार्य हो । आजको व्यवस्थामा सत्तासीनहरुले के बुझ्नु पर्दछ भने विगतको महान् जनयुद्ध, जनआन्दोलनलगायतका थुप्रै मुक्ति आन्दोलनहरुमा अखिल (क्रान्तिकारी) ले बलिदानीपूर्ण भूमिका निर्वाह गरेको छ । तर, आजका नैतिकता गुमाएका शासकहरु हिजोका पञ्चेहरुभन्दा तल गिरेर हामीमाथि अघोषित प्रतिबन्ध थोपरिरहेका छन् । यो कार्य अत्यन्तै घीनलाग्दो हर्कत हो । हामीले शान्तिपूर्ण रुपमा विद्यार्थीका शैक्षिक एजेण्डामा संघर्ष गरिरहेका छौँ । नेपालमा शिक्षा क्षेत्रमा भएको डरलाग्दो निजीकरण, व्यापारीकरण र माफियाकरणको विरोध गरिरहेका छौँ । अहिलेको पुँजीवादी कानुनले पनि हामीले गरिराखेको कामलाई लिएर प्रतिबन्ध गर्नुपर्ने कुराको कल्पनासमेत गरेका छैनौँ । त्यसकारण शान्तिपूर्ण आवजहरुमाथि प्रतिबन्ध गर्नु सौद्धान्तिक दृष्टिले घोर अवसरवादी, दक्षिणपन्थी फासीवाद हो भने व्यवहारिक दृष्टिले लज्जास्पद र घीनलागदो कार्य हो । तर, हामीलाई प्रतिबन्धको कुनै प्रवाह छैन, हामी हाम्रो काम गरिनै रहेका छौँ, आमयुवा विद्यार्थीहरुको आवाज बोलिनै रहेका छौँ, हामी हाम्रो कर्तव्यबाट कत्ति पनि हतोत्साहित र निराश छैनौँ, त्यसैले यो अघोषित प्रतिबन्ध डेट एक्स्पाएर भएको औषधिजस्तो भएको छ र यो प्रतिबन्ध पानीको फोकाझैँ निस्काम हुँदै गएको छ ।

० आगामी दिनमा अखिल (क्रान्तिकारी) कसरी अगाडि बढ्छ, भावी कार्यक्रमहरु के छ ?

हाम्रो कुरा प्रस्टै छ कि हामी नेपालको शिक्षालाई राष्ट्र र जनताको आवश्यकताहरुको सम्बोधन गर्न सक्ने सबल र सक्षम शिक्षाको व्यवस्थाका लागि संघर्ष गरिरहेका छौँ । खासगरी नेपालको शिक्षामा निकै ठूलो समस्या छ, यसको सार र रुपमा धमिरा लागेको छ । सारलाई हामी शिक्षाको सैद्धान्तिक पक्ष भन्न सक्छौँ भने रुपलाई यसको व्यवहारिक पक्ष । सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले अहिलेको शिक्षा अपाङ्ग भएको छ । शिक्षाका लक्ष्य, उद्देश्य, एकिन नहुनु, शिक्षा किन दिने, कस्तो शिक्षा दिने, कसलाई र कसरी दिनेलगायतका महत्वपूर्ण सैद्धान्तिक सवालमा हाम्रो शिक्षा एकदमै अस्पष्ट छ । त्यसैगरी, व्यवहारिकरुपमा महँगो, विभेदपूर्ण पहुँचको अभाव, शैक्षिक बेरोजगारीको अवस्था, शिक्षामा निजीकरण, व्यापारीकरण आदि समस्या दिनको घामझैँ छर्लङ्ग छ । यसरी सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले भ्रष्टीकरणमा परेको शिक्षालाई सही ढङ्गले व्यवस्थापन गर्नका लागि हाम्रो सम्पूर्ण आगामी कामहरुलाई केन्द्रित गर्नेछौँ ।

० शिक्षा क्षेत्रमा दलालीकरण, निजीकरण, व्यापारीकरण बढिरहेको छ, यस विषयमा के सोच्नुभएको छ ?

तपाईंले उल्लेख गर्नुभएको कुरा शिक्षा क्षेत्रका कहालीलाग्दो समस्या छन् । शिक्षाजस्तो सामाजिक र जनसेवाको क्षेत्रमा व्यापारीहरुको हालिमुहाली हुनु अत्यन्त दुःखद् कुरा हो । शिक्षा क्षेत्रमा यस्ता सम्पूर्ण खराबीहरुको मूल स्रोत भनेको अहिलेको दलालहरुको सत्ता नै हो । अहिलेका शासकहरु नै यस्ता काममा लागेका छन् । शिक्षाका व्यापारीहरु राज्यको नीति, निर्माण तहमा पुगेका छन् र तिनले राज्यका सम्पूर्ण नीति निर्माणको तहलाई नै ह्याक गरेका छन् र आफ्नो व्यापानुकुलित निर्णय गराइरहेका छन् । अहिलेका शासकहरु कतिसम्म अनैतिक र अनुदार छन् भने संविधानमा शिक्षालाई निःशुल्क र अनिवार्य मौलिक हकको रुपमा लेखेका छन् तर हास्यास्पद रुपमा तिनै शासकहरुको प्रत्यक्ष वा परोक्ष संलग्तामा शिक्षामा निजीकरण र व्यापारीकरण बढिरहेको छ । संविधान, भाषण र बोलिचालीमा अब समाजवाद ल्याउँछौँ भन्ने तर शिक्षालगायत सम्पूर्ण क्षेत्रलाई कुनै व्यापारी वा घरानालाई सुम्पँदै जाने अहिलेका शासकहरुको लज्जास्पद कार्य हो । त्यसकारण शिक्षालाई समाजवादी बनाउन, राष्ट्र र गरिब किसान जनताको दिनदैनिकी आवश्यकताको परिपूर्तिलाई शिक्षासँग जोड्न हामीले निरन्तर संघर्ष गर्नुपर्दछ र गरिरहेका पनि छौँ ।

० स्ववियुको निर्वाचन स्थगित भएको छ, यसमा संगठनको धारणा के छ ?

यो अत्यन्तै दुःखद् कुरा हो । अहिले विश्वविद्यालय राजनीतिक भागवण्डाको शिकार भएको छ । विश्वविद्यालयहरु अस्तव्यस्त छन् । स्वविु विद्यार्थीहरुको साझा संस्था हो तर यो स्ववियु विद्यार्थीप्रिय छैन । सैद्धान्तिक र व्यवहारिक दुवै तरिकाले स्ववियुको पुनर्संरचना आवश्यक छ । पुरानै ढर्राको स्ववियु निर्वाचनको कुनै अर्थ पनि छैन । त्यसैले हामीले स्ववियुको सैद्धान्तिक र व्यवहारिक पुनर्संरचनाको वा पुनर्गठनको माग गरेका छौँ । अहिलेको स्ववियु पञ्चायतकालीनभन्दा पनि पश्चगामी भएको छ । पञ्चायतकालमा राजनीतिको अगुवाई गरेको स्ववियु अहिले राजनीतिबाट होइन भ्रष्टहरु उत्पादन गर्ने थलोझैँ बनाइएको छ । भ्रष्टाचार गर्न सिक्ने र सिकाउने पाठशालाझैँ भएको छ, स्ववियु । स्ववियुका नेताहरु संगठनको नीतिमाभन्दा कमाउधन्दामा बढी लागे, त्यसैले स्ववियुको विषयमा व्यक्तिभन्दा पनि प्रणालीमा जोड दिनुपर्दछ । त्यसकारण नयाँ परिभाषासहित तत्काल स्ववियु निर्वाचन हुनुपर्दछ ।

० अन्त्यमा, १३ दिनको हिरासत बसाइपछि रिहा भएर आउनुभएको छ, केही भन्नु छ कि ?

२५ औँ महान् जनयुद्ध दिवस मनाउने क्रममा गिरफ्तार भए र १३ औँ दिनपछि रिहा भएँ । म र अन्य कोही पनि विद्यार्थीका नेता, कार्यकर्ता साथीहरुलाई गिरफ्तार गरेर भूmठा मुद्दामा फसाउने प्रपञ्च सरकारले गर्दै आएको छ र सरकार असफल हुँदै आएको पनि छ । विचार र आस्थाको आधारमा गिरफ्तार गरी यातना दिनु, भूmठा मुद्दामा फसाउन खोज्नु भनेको सरकार शान्तिपूर्ण आवाजसँग कतिसम्म डराएको छ भन्ने देखाएको छ । सरकारले आफ्नै भ्रष्ट र अनैतिक कार्यहरुलाई ढाकछोप गर्न यस्ता हर्कत गर्ने गरेको छ, त्यो बन्द गरिनुपर्दछ । हाम्रो संगठनका सैयौँ नेता, कार्यकर्तालाई थुनिएको छ, म उहाँ साथीहरुको तत्काल रिहाइको जोडदार माग गर्दछु । म, हाम्रो संगठनका कोषाध्यक्ष कमरेड नरेन्द्र, प्रकाशलगायतका कमरेडहरुको रिहाइको पहल गर्ने नेपाल बार तथा कानुन व्यवसायीहरु, अधिकारकर्मी, कार्यकर्ता, शुभचिन्तक, जनता सबैमा धन्यवाद दिन चाहन्छु ।

आइतबार, फाल्गुण २५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया