हिपमत डटकम

बिहिबार, आश्विन १३, २०७९ || 551  पटक पढिएको

विराटनगर। रिलायन्सलाईफ इन्सुरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई प्रदान गरेको हो ।

मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्सोरेन्सका प्रदेश प्रमुख क्षितिज घिमिरे र विराटनगर शाखा प्रमुख परमा काफ्ले संयुक्त रुपमा विमावापत ३ लाख र वोनसबापत ३३ हजार रुपैयाँसहित ३ लाख ३३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

मृतक कृत्यानन्द शर्मा सुतिहारले ४ वर्षको ४ किस्ता रकमबापत ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए । उनले ३ लाख रुपैयाँको विमा गरेका कारण बिमकको मृत्यु पश्चात विमा दाबीबापत विमाङ्क रकम ३ लाख र बोनस ३३ हजार रुपैयाँ भुक्तानी गरिएको रिलायन्स लाइफ इन्सोरेन्स प्रदेश १ का प्रमुख क्षितिज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार वित्तीय शुशासन राम्रो भएको विमा कम्पनी भएकाले रिलायन्सले समयमै दाबी रकम भुक्तानी गर्दै आएको छ । मृत्यु दाबी भुक्तानी कार्यक्रममा चिफ एजेन्सी म्यानेजर नवराज निरौला,कृष्ण मास्के, एजेन्सि म्यानेजर बुद्धदेव यादव, सोनु केवट, वडाका जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।

फोटो क्याप्सनः मृत्युदाबी बापतको चेक हस्तान्तरण गर्दै जहदा १ का अध्यक्ष बाबुराम राजवंशी, रिलायन्सलाईफ इन्सोरेन्सका प्रदेश १ प्रमुख क्षितिज घिमिरेलगायत ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!