नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले आवश्यकताको आधारमा संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउनुपर्ने बताएका छन् ।

आठौँ संविधान दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतृत्वहरूले संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउने भद्र सहमति संविधान जारी गर्ने बेलामा जनताका अगाडि गरेको स्मरण पनि गरे ।

तर, आवश्यकता र औचित्य हुँदा पनि संशोधन गर्न राजनीतिक दलका नेतृत्वहरु तयार नहुँदा विस्तारै संविधानप्रति जनताको भरोसा खण्डित हुँदै गएको अनुभूति भइरहेको भन्दै चिन्ता प्रकट गरे ।

‘संविधानमा ३१ वटा मौलिक हक छन् । मौलिक हकहरूलाई कार्यान्वयन गर्न सकिएको छैन । जबकि, संविधान जारी भएको सात वर्ष पूरा भएर आठ वर्षमा लागेको छ’, उनले न्युज कारखानासँग भने, ‘ती मौलिक हकलाई कार्यान्वयन गर्न १६÷१७ वटा ऐन ल्याइए पनि मूर्त लिन सकेको छैन । परिणामतः जनताले भरोसा गर्दागर्दै संविधानप्रति विस्तारै भरोसा खण्डित हुँदै गएको अनुभूति भइरहेको छ ।’

उनले संविधानलाई सर्वसम्मत बनाएर नेपालीहरूको मौलिक कानुनी दस्तावेज बनाउनु अनिवार्य रहेको उल्लेख गरे । सङ्घमा संविधानअनुसार प्रशासन सञ्चालनसम्बन्धी ऐन बन्न नसकेकोप्रति आङ्देम्बेको असन्तुष्टि छ ।

संविधान जारी भएको सातौं वर्ष बित्दासम्म सङ्घमै प्रशासनिक सञ्चालनसम्बन्धी ऐन नबन्दा त्यसअनुसार प्रदेश र स्थानीय तहमा पनि प्रशासनिकतर्फबाट गरिने काम सशक्त नभएको बताए ।
उनी दोस्रो संविधानसभाका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!