काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थान बस्ने ४४ वर्षीय निर बहादुर तामाङको घर बिहीबार बिहान पहिरोले पुरिदा निर बहादुर, उनकी बहिनी ४० वर्षीया साबित्री तामाङ र आमा ६५ वर्षीया लादुलुङ तामाङको मृत्यु भको छ ।
पहिरोले उक्त घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, ईलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी खोपासी, प्रहरी चौकी ढुङ्खर्क, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले निर बहादुर र साबित्रीको शव फेला परेको हो ।
साथै पहिरोमा पुरिएर गम्भीर घाइते भएकी लादुलुङलाई उद्धार गरी शिर मेमोरियल अस्पताल बनेपा लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । पहिरोले घर पूर्णरूपमा क्षति भएको छ ।