बिहिबार, फाल्गुण २२, २०७६ || 820  पटक पढिएको

राष्ट्रिय सभामा २ वर्षे पदावधि सकिएपछि मंगलवार राजीनामा दिएका डा. युवराज खतिवडाले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
तर, पहिलो कार्यकालमा आफैले राखेको आर्थिक सूचकांकको लक्ष्य भेट्न उनलाई सकस पर्ने देखिएको छ ।
सत्तारूढ पार्टी्भित्रै तीव्र विवादका बीच प्रधानमन्त्री ओलीको दह्रो साथ पाएर पुनः मुलुकको अर्थतन्त्रको कमान सम्हालेका खतिवडाको दोस्रो कार्यकाल चुनौतीपूर्ण देखिएको छ ।
कमजोर पूँजीगत खर्च तथा राजस्व असुली, निजीक्षेत्रको घट्दो मनोबललगायत समस्या सम्बोधन गर्नुपर्ने त थियो नै, अब कोरोना भाइरसको बहुआयामिक असरबाट अर्थतन्त्रलाई जोगाउने थप जिम्मेवारी उनको काँधमा छ । बुधवार पदबहाली गरेलगत्तै उनले यो चुनौतीको सामना गर्न काम शुरू गर्ने बताए पनि त्यो त्यति सहज हुनेछैन ।
खतिवडाले चालू आवको बजेटको मध्यावधि समीक्षामा खर्च र राजस्वको लक्ष्य घटाए तर ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य घटाएनन् । उल्टै आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने उनको दाबी थियो । तर, कोरोनाका कारण त्यो लक्ष्य पूरा नहुने स्पष्टै भएको छ । साथै, यस वर्ष विकास खर्च ८० प्रतिशत हुने अर्थमन्त्रीको अनुमान पनि पूरा हुन कठिन छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!