हिपमत डटकम

बिहिबार, भाद्र २३, २०७९ || 2182  पटक पढिएको

मूलपानी क्रिकेट मैदानमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । आज बिहीबार तय भएको प्रतियोगिता अन्तर्गत मूलपानीको पहिलो खेल वर्षाका कारण मैदान भिजेकाले रद्द भएको हो ।

खेल टस समेत नभई रद्द भएको हो । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने एनआरएनए र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ । उद्घाटन खेल भने ६ ओभरको हुनेछ । प्रतियोगिता अन्तर्गत नै बिहीबार थप दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहीबार हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ ।

मूलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन् । असोज २८ देखि कात्तिक ३ सम्म नवौं अन्तर्गत पुरुष क्रिकेट खेल अघि भएको हो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक एनआरएनएको टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!