रवि लामिछानेले प्रस्तुत गर्ने रियालिटी शो ‘द लिडर’ मा मिस नेपाल शृंखला खतिवडा देखि रमेश खरेलसम्म जोडिएका छन् । रवि लामिछानेले पूर्व प्रहरी अधिकृत रमेश खरेल र शृंखला खतिवडा कार्यक्रममा जोडिएको खबर सामाजिक संजाल मार्फत उल्लेख गरेका छन् ।आम नेपालिले सुरुवात देखि नै रमेश खरेललाई ‘द लिडर’ को जर्जको रुपमा राख्नुपर्ने भन्दै आएका थिए । रमेश खरेल र शृंखला खतिवडा यस कार्यक्रमको अडिसन भर साथ रहनेछन् ।सात प्रदेशमा हुन लागेको अडिसनमा यी दुईले प्रतिष्पर्धिको छनोट गर्नेछन् । रवि लामिछाने सहित यी दुईका साथ हरेक प्रदेशबाट थप एक जना जर्ज मिलेर प्रतिष्पर्धि छनोट गर्नेछन । केहि हप्ता पश्चात पहिलो अडिसन चितवनबाट सुरु गर्ने तयारी रहेको छ । न्यूज २४ टेलिभिजन, रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुने द लिडरको निर्याणक मण्डलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रहने छन ।यस्तै पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, कांग्रेस नेता प्रदिप गिरी, नेकपाका नेता प्रदिप नेपाल तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि निर्णायकमा रहने छन् । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिष्पर्धिलाई काठमाडौं लागि फाइनलमा प्रवेश गराइने छ । ’द लिडर’ देश को सेवा गर्ने नेता छनोट गर्ने नेपालको पहिलो रियालिटी शो हो । द लिडरको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!