नेपाल भ्रमण गरेर आफ्नो देश फर्किएका एक व्यक्तिको स्पेनमा मृत्यु भएको छ । फेब्रुअरी १३ मा उनको मृत्यु भएको हो ।
भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलका अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएका थिए र उनी अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्युको कारण खुलाइएको थिएन । कोरोना संक्रमणबाट स्पेनमा पहिलो व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।