हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 1801  पटक पढिएको

भन्सार छलि चोरी पैठारी गरी ल्याइएका ६ थान आइफोन मोबाइलहरू सहित २ जनालाई काठमाडौं महानगरपालिका-१४ बल्खुबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरूवा गाउँपालिका-४ घर भई हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइलहरू बिक्रि भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!