हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 3174  पटक पढिएको

पछिल्लो समयका चर्चित भजन गायक हुन् सशान कंडेल । अहिलेका नयाँ पुस्ता देखि बृदबृदा , बालबालिका सबैलाई भजन मार्फत मोहनी लाउन सफल भएका छन उनले । उनै भजन स्टार सशान कंडेलको पछिल्लो भजन ‘बोलिदेन पापी मन’ रिलिज गरिएको छ।

रिलिज संगै सबै तिरबाट चौतर्फी माया यो भजनले पाएको छ। सशानलाई यो भजनमा गायिका उन्नती कंडेलले साथ दिएकी छिन । चर्चित भजन गायक हिरालाल कंडेलको आफ्नै सुपुत्री हुन उन्नती कंडेल। उनको पनि यो क्षेत्रमा एकदमै संभावना देखिएको छ।

निकै नै मिठास र कर्णप्रिय रहेको छ उनको स्वर। सम्बन्धमा सशान र हिरालाल कंडेल दाजुभाइ पर्छन । हिरालाल कंडेल कै शब्द संगीतमा तयार पारिएको यो भजनलाई सन्जय हमालले संगीत संयोजन  गरेका हुन।

भजनको भिडियोलाइ निकै नै उत्कृष्ट ढङ्गले छायांकन गरिएको छ ।सम्पुर्ण कलाकारहरुको उत्कृष्ट अभिनयले सुनमा सुगन्ध थपिदिएको छ । दिपक गौतम, प्रदिप ओझा, प्रकाश सापकोटा ,पुस्पा आचार्य लगायत कलाकारहरुको उत्कृष्ट अभिनयले सजिएको भिडियोमा दिपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन अनि स्वयम सशान कै निर्देशनमा तयार भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!