सुबोध चन्द्र दास एस सी सुमन

शुक्रबार, भाद्र १७, २०७९ || 578  पटक पढिएको

विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

शुक्रबार क्लबले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खेलकुद, चित्रकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गरेको हो । विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

क्लबले पहिलोपटक आयोजना गरेको प्रतियोगितबाट विद्यार्थीहरु हर्षित भएका थिए । उनीहरुले अध्ययनसँगै अतिरिक्त कृयाकलापमा भाग लिन पाएपछि निकै खुखि भएको र क्लबलाई धन्यवाद ज्ञापन गरेका र क्लबकी सचिव नमिता टिवडेवालले बताइन् ।

विद्यालयका अनुसार सो विद्यालयमा यसअघि कहिल्यै पनि यस्ता प्रतियोगिता आयोजना गरिएको थिएन । प्रतियोगितामा बालबालिकाले खुसीसाथ भाग लिनुका साथै धेरै रमाइलो गरेका थिए ।

प्रतियोगितामा ३५ जना विद्यार्थीहरुको सहभागीता रहेको क्लबले जनाएको छ । सो अबसरमा क्लबका पदाधिकारी र सदस्यहरु, कोअर्डीनेटर अर्चना शर्मा, सेवा परियोजना प्रमुख सन्तोष तोदी, विद्यालयका शिक्षक, अभिवावक र विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!