हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 12251  पटक पढिएको

बिराटनगर। जनता समाजबादी पार्टी नेपाल मोरङ क्षेत्र नं.५ को विस्तारित बैठकबाट क्षेत्र नं. ५ मा प्रतिनिधि सभा तर्फ
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवको नाम सिफारिस गरेको छ । यस अघि उपेन्द्र यादवको नाम अन्य क्षेत्रबाट समेत सिफारिस गरिएको छ।

जनक लाल चौधरीको अध्यक्षतामा बसेको बैठकबाट ३१ सदस्य क्षेत्रीय समिति पुनर्गठन गदै नाम सिफरीस गरिएको जसपा क्षेत्र न-५ का एक नेताले हिपमत मिडियालाई जानकारी दिए। प्रदेश एकाभरी मा नै सबैभन्दा बढी पकड भएको जसपाको यो क्षेत्र मात्र हो एक नेताले बताए। गठबन्धन हुँदा पनि हामीलाई यो क्षेत्र छोड्यो भने मात्र गठबन्धन हुन्छा नभए मोरङमा गठबन्धन हामि मान्दैनौ । हामि आफ्नो अस्तित्व गुमाएर बस्दैनौ हामि चुनावको तयारीमा जुटी सक्यौ एक नेताले बताए ।

यता प्रदेशसभा (क) तर्फ पन्ना लाल मण्डल, प्रमोद शर्मा,प्रकाश कुमार मण्डल र बिमला साहको नाम सिफरीस गरिएको छ। त्यसैगरी प्रदेशसभा (ख) तर्फ प्रदेश १ का बर्तमान स्वास्थ्य मन्त्री जयराम यादव, मंतलाल यादव,दिनेश साह,अमृत महतो र बिनीता सिंहको नाम सिफरीस भएको हो ।

प्रतिनिधिसभामा सिफारिस भएका केन्द्रीय अध्यक्ष यादव सो क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।प्रदेश १ का स्वास्थ्यमन्त्री यादव सोही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए। मन्त्री यादव २०७४ को प्रदेशसभा निर्वाचनमा ५ ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुँदै हाल प्रदेश एकका स्वास्थ्य मन्त्रि हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!