हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 703  पटक पढिएको

५४ वर्षकी एक थाई महिला दुर्घटनावश घरको शौचालयमा थुनिइन् । सहायताका लागि ढोकामा हानिन् कसैले सुनेनन् । उनको रुवाई, चित्कारको आवाज पनि कसैको कानमा परेन । थाकिन् र शौचालयभित्रै मृत्युको प्रतीक्षा गरिन् ।

एक्लै बस्नुका पक्कै पनि थुप्रै फाइदा छन् विशेषगरी ती व्यक्तिका लागि जो आफ्नो गोपनियतामा रमाउँछन् । तर यसका बेफाइदा पनि छन्, यसको पछिल्लो उदाहरण यी महिला नै बनेकी छिन् । बैंकककी यी महिलाको नाम थाई मिडियाले सार्वजनिक गरेको छैन । उनी २२ अगस्टमा आफ्नो घरको शौचालय गइन् तर त्यसपछिको तीन दिनसम्म उनी त्यहाँ नै थुनिन्छिन् भन्ने उनले सपनामा पनि सोचेकी थिइनन् । उनले ढोका बन्द गर्ने बित्तिकै बिग्रिएको ढोकाले उनको शौचालयलाई जेलमा परिणत गरिदियो । उनले त्यतिबेला मोबाइल फोनसमेत लगेकी थिइनन्, खानेकुरा र पानीको त कुरै नगरौँ । थुनिएको थाहा पाएपछि उनले ढोकामा बेस्सरी हानिन्, चिच्याइन् तर उनलाई बचाउन कोही पनि आएनन्…

उनले आफ्ना छिमेकी र बटुवाको ध्यान खिच्ने प्रयास धेरै नै गरिन् तर कसैले पनि उनको रोदन सुनेनन् त्यसैले उनले धाराको पानीमा बाँच्नु पर्यो । दुई दिनपछि उनी असाध्यै थाकिन् र मृत्यु निश्चित देखेपछि क्रिमले शौचालयको भित्तामा अन्तिम मेसेज लेखिन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!