हिपमत डटकम

बिहिबार, भाद्र १६, २०७९ || 492  पटक पढिएको

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-४ बस्ने ३० वर्षीया सन्जु देवी झालाई ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा केन्द्रीय लागूऔषध ब्यूरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका-६ चुनेपानीस्थित सडकबाट ३ किलो १ सय १८ ग्राम अवैध लागूऔषध चरेश, १ थान डिजिटल तराजु र नगद २९ हजार रुपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका-७ बस्ने ४२ वर्षीय शेर बहादुर धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-८ दुवानखर्क घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३३ वर्षीय दिल बहादुर डिमडुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७५१९ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-१३ गौडाको मुखबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२० भलाम घर भएका २० वर्षीय रोचक गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सिआरभी भद्रकालीबाट खटिएको प्रहरीले ग.१३ प ६०६० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी स्कटुर चालक रोचकलाई पक्राउ गरेको हो ।

त्यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बसपार्कबाट करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-१ बस्ने २२ वर्षीय निश्चल उप्रेतीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-१ मालीबाट ६ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!