हिपमत डटकम

मंगलबार, भाद्र १४, २०७९ || 5591  पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टीले रेखा थापालाई मोरङ ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपा नेतृ तथा नायिका थापाको गृहनगर सोही क्षेत्रको सुन्दरहरैंचा हो । राप्रपाका मोरङका अध्यक्ष माधव आचार्यले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको जानकारी दिए ।

उक्त क्षेत्रबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकाल लड्ने सम्भावना छ । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ । यस्तै मोरङको क्षेत्र नम्बर ४ बाट राप्रपाले नेता रवि रिजाललाई प्रत्यक्षमा सिफारिस गरेको छ । यस्तै सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (ख)मा भने जिल्ला अध्यक्ष माधव आचार्यको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!