हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 20879  पटक पढिएको

बिराटनगर। राउण्ड टेवल नेपाल अन्तरगत रहेको विराटनगर सेंट्रल राउण्ड टेबल १५ ले मोरङको रंगेली नगरपालिका स्थित रहेको श्री महेर्शी मेही आदरभूत विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग गरेका छन् । उक्त रकमले सो बिद्यालयमा शैचालय र कम्पाउन्ड वाल निर्माण गरी हस्तान्तरण गरेको बिराटनगर सेंट्रल राउण्ड टेबल १५ का अध्यक्ष सुमित गोयलले हिपमत डटकमलाई बताएका छन्।

राउण्ड टेबलले सो विद्यालयमा वहुवर्ष योजनाअन्तर्गत १ करोड रुपैयाँभन्दा बढीको लगानी गरी सकेको छ, र तेही क्रम मा अहिले पन्ध्र लाखको सहयोग गरेको हो ,राउण्ड टेबलले हरेक वर्षा उक्त बिधालयमा सहयोग गर्दै आएको बिधालय परिवारले जानकारी दिए। राउण्ड टेबलले हाम्रो बिधालयमा अहिलेसम्म १ करोडभन्दा बढीको लगानी गरिसक्नु भएको छ र आवशयकता अनुसार हरेक बर्ष सहयोग गर्ने समेत उहाहरुले प्रतिवद्दता गर्नु भएको छ विधालयकाका प्रअ लखन राजबंशीले हिपमत डटकमलाई बताए।

सोमबार सो विद्यालयको परिसरमा एक कार्यकमको आयोजना गरी निर्माण सम्पन्न शैचालय र कम्पाउन्ड वाल हस्तानान्तर गरेको थियो । राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती, रंगेलि नगरपालिका उपमेयर भूमा पराजूलीले संयुत्त रुपमा हस्तानान्तर गरेका थिए ।

हस्तानान्तर कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती, रंगेलि नगरपालिका उपमेयर श्रीमती भूमा पराजूली, बिद्यालयका प्रधानध्यापक, शिक्षक लगायत स्थानियहरुको उपस्थिीती रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!