हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 692  पटक पढिएको

काठमाडौं महानगरपालिका-१६ म्हेपीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट सहित सर्लाही लालबन्दी नगरपालिका-१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझिले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका-२ बकैया खोला किनारबाट करिब १ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ ।

अपरिचित व्यक्तिहरूले १७ वटा पोकामा राखेर उक्त गाँजा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपालको बिओपी गौर रौटहटबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ सोही स्थानमा गाँजा छोडी फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!