सिरहा । नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाको आयोजनामा अभिकर्ता भेटघाट तथा पुनर्ताजगी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त भब्य कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक (अञ्चल प्रमुख) कृष्ण प्रसाद लम्सालले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक (अञ्चल प्रमुख) कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथिमा भएको भेलामा एक सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको सहभागी भएका थिए । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उहाँको कथन थियो । उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई सम्मान गरिएको थियो ।
त्यसै गरि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश ए का प्रदेश प्रमुख दशरथ झाले विमा केहो, विमा किन गरिन्छ, विमाका प्रकार, विमा वाट हुने फाईदा, विमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, कम्पनिले विमितहरुलाई दिने सेवा सुविधा लगायतको विषयमा सहजिरकण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक (अञ्चल प्रमुख) कृष्ण प्रसाद लम्साल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश “ए” का प्रदेश प्रमुख दशरथ झा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखा प्रमुख पुर्ण कुमार कर्ण,लहान शाखाका कर्मचारीहरु रंजित कुमार यादब,दिलिप कुमार चौधरी,निकिता साह,विष्णु देव साह,एजेन्सि म्यानेजर राम अशिश राय,कृष्ण कर्माचार्य,दिप नारायण साह,दिलिप कर्ण,विनोद प्रसाद गुप्ता,अमर तामाङ्ग,जीतेन्द्र साह लगाईत उपस्थित सम्पूर्ण व्यक्तिहरु उत्साहित हुँदैे बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स मार्फत सहभागी भइ बीमा व्यवसायमा लाग्ने प्रणका साथ उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।