हिपमत डटकम

आइतबार, भाद्र १२, २०७९ || 9911  पटक पढिएको

भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

अभिनेता गोविन्दाले दर्शकहरुले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए । उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि बताए । कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताए । उनले कलाकारहरुले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारका धनदाता मातापिता उद्योगी,व्यपारीहरु भएको बताए ।

उनले भने, ‘दर्शकहरुले कलाकारलाई सधैँ साथ दिनुपर्छ । नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस् । नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो । जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस् । कला संसारको अभिन्न अंग हो । नयाँ विचारहरूले भरिएको हुन्छ । कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ । पैसा भएर पनि पहिचान हुँदैन । तर कला यस्तो चिज हो जसले दुवै दिन्छ ।’

भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आएका हुन् । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!