बीरेन्द्रकुमार साह

बिहिबार, पौष २४, २०८२ || 13093  पटक पढिएको

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकांक्षीहरूलाई सामाजिक सञ्जालमार्फत भइरहेको प्रचार–प्रसार तत्काल रोक्न निर्देशन दिएको छ।

पार्टीको उम्मेदवार छनोट सिफारिस उपसमितिले पौष २४ गते सूचना जारी गर्दै औपचारिक आवेदन दिएका वा नदिएका केही आकांक्षीहरूले सामाजिक सञ्जालमा उम्मेदवारीको प्रचार गरेको पाइएको उल्लेख गरेको छ। यस किसिमको गतिविधिले नयाँ तथा अन्य आकांक्षी सदस्यहरू निरुत्साहित हुने अवस्था सिर्जना भएको भन्दै यस्ता सबै प्रचार–प्रसार कार्य तुरुन्त बन्द गर्न र यसअघि पोस्ट गरिएका सामग्री हटाउन निर्देशन दिइएको हो।
सूचनामा उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ।
त्यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूले प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न पाउने स्पष्ट गरिएको छ।

पार्टीले निर्वाचनसम्बन्धी आचारसंहिता तथा उम्मेदवार छनोट सिफारिस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!