मंगलबार, फाल्गुण २०, २०७६ || 681  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोपणको लागि सोमबार अस्पताल भर्ना भएका छन । मुलुककै कार्यकारी प्रमुख तथा सत्तारुढ दलको पार्टी अध्यक्ष समेत रहेका ओली लामो समयको लागि अस्पताल भर्ना भएपछि सरकारको कामकारवार्ही र पार्टीको काम कसरी अगाडी बढ्ला भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । तर लामो समयदेखि नेपाली राजनीतिलाई नियालिरहेका राजनीतिक विश्लेषकहरुले भने केहीदिन उपचारका लागि जाँदैमा धेरै असर नपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ अस्पताल जानुपूर्व भिडियो सन्देश मार्फत सरकार र पार्टीको कामकारवार्हीको लागि सवै व्यवस्था मिलएको र आफु चाडै नै स्वास्थ्य भएर फर्नि बताएका थिए । यति मात्रै होइन उनले सपना अलपत्र पारेर आफु अलप नहुने सम्म बताएपछि धेरैले निकै साकारात्मक विचारको रुपमा चित्रित गरेका थिए ।

प्रधानमन्त्री ओलीको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रोपटक मृगौला प्रत्यारोपण हुदै छ । भिडियो सन्देशमै धेरै सरकार संचालन र पार्टीको कामकारवार्हीलाइ निरन्तरता दिनको लागि समेत सवै व्यवस्था मिलाएको बताएका छन । तर अहिले प्रधानमन्त्रीले तत्काल गर्नुपर्ने कामहरु पनि त्यसका बारे के होला भन्ने प्रश्नहरु पनि उब्जिएका छन ।

आजबाट राष्ट्रिय सभाका १९ सांसदहरुको विदाइ र नयाँलाई सपथग्रहण, राष्ट्रिय सभाबाट अर्थमन्त्री बनेका डा. यूवराज खतिवडाको कार्यकाल के हुने भन्ने प्रश्न पनि उब्जिएको छ । लामो समय देखि पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोग नियोग सम्बन्धी एमसीसी संसदबाट पास गर्ने लगायतका केही बिषयहरु तत्काल निर्णय गर्नुपर्नेअवस्थामा छन ।

प्रधानमन्त्री उपचारमा हुँदा ति कामहरु के होला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । तर प्रधानमन्त्रीले नै आफै केहीदिनमा ठिक भएर फकर्ने बताएको र सरकार र पार्टीको काममा कुनै असर नपर्ने गरी सम्पुर्ण व्यवस्था मिलाएको बताएकोले खासै ठुलो उत्तरचढाव नआउने विश्लेषकहरु बताउँछन ।

हुन त राजनीतिमा कुनै कुरा असंम्भव भने हु्दैन । इतिहासलाई हेर्ने हो भने तत्कालिन एमालेको सरकारमा प्रधानमन्त्री रहेका मनमोहन अधिकारी अस्पतालमै रहेका बेला उनी विरुद्ध अविस्वासको प्रस्ताव पास भएको थियो ।

तर अहिले नेकपा नेतृत्वमा दुईतिहाइ बहुमत नजिकको सरकार भएका कारण प्रधानमन्त्री ओलीलाई त्यस्तो ठुलो समस्य आउन सक्ने खतरा छैन । मानवीय सम्वेदनाको हिसाले पनि कहीकतैबाट त्यस्तो खतरा नरहेको धेरैको बुझाइ छ । जे जस्तो भएपनि मुलुककै कार्यकारी प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल होस् । छिटै स्वस्थ भएर काममा फर्किन सकुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!