
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ निर्धारण गरिएको हो।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ रहेको थियो। यस आधारमा बिहीबार सुनको मूल्यमा वृद्धि भई कारोबार भएको महासंघले जनाएको छ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा ४ हजार ८० रुपैयाँ पुगेको छ।