
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारका अनुसार शुक्रवार पर्ने उक्त दिन सबै सरकारी तथा सार्वजनिक निकायमा बिदा लागू हुनेछ।

यो पर्व पहाडी जिल्लासहित तराई क्षेत्रमा पनि परम्परागत रूपमा मनाइँदै आएको छ। विशेषगरी बाजुरा र बझाङबाट बसाइँ सरेर कैलाली र कञ्चनपुर पुगेका समुदायले भुवा पर्व उत्साहपूर्वक मनाउने गरेका छन्।
प्रदेश सरकारको राजपत्रमा उल्लेख भएअनुसार पुस महिनाको औँसीबाट भुवा पर्व सुरु हुने गर्दछ। पिठोको टीका लगाएर खेल सुरु गरिने परम्पराका कारण भुवो पर्वको सुरुवातलाई ‘पिठाया’ भनिन्छ। पर्वको क्रममा गाउँ–गाउँमा पुगेर पिठाया लगाउँदै भुवो नाच प्रस्तुत गर्ने चलन रहेको छ।