हिपमत डटकम

शनिबार, भाद्र ११, २०७९ || 9970  पटक पढिएको

पथरी । किरात राई यायोक्खा सम्वद्ध कार्यकर्ताहरूलाई मंसिर ४ गतेहुने निर्वाचनमा किरात प्रदेश मान्ने र लाग्ने उमेद्वारहरूलाई भोट दिन निर्देशन दिएको छ ।

यायोक्खा मोरङको पथरी शनिश्चरे नगर समितिको शनिबार भएको सातौ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरूले निर्देशन दिएका हुन ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, जिल्ला सदस्य काशिहाङ राई लगायतले बोलेका थिए । ५ वर्षमा प्रदेश १ मा बनेको तीन वडा सरकार र प्रदेश सभाले १ नं. प्रदेशको नाम राख्न नराख्नुको कारण र मंसिर ४ गतेको निर्वाचित भए प्रदेशको नाम किरात राख्न पहल गर्ने, नगर्ने सोधेर मात्र भोट दिनुपर्ने बक्ताहरुले बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले ल्याउने घोषण पत्रमा पहिचान वा किरात प्रदेश छछैन र किरात प्रदेश उल्लेख भए प्रतिबद्धता बारे सोधेर मात्र भोट हालिने बक्ताहरुले बताए ।

किरात एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता भएकोले प्रदेशको नाम राखिए भत्र शान्ति र संमृद्धि संभवहुने बताए । पछिल्लो १९ वर्षदेखि (छैठौं) महाधिवेशनदेखि १ नं. प्रदेशको नाम किरात राख्न यायोक्खाले गाउँगाउँबाट अभियान र आन्दोलनहरु सञ्चालन गर्दै आएको छ ।

बक्ताहरुले नेपालमा २००७ सालको क्रान्ति नायक रामप्रसाद राईलाई राष्ट्रिय बिभूति घोषणा गर्न समेत माग गरेका छन् । कार्यक्रममा नगर सम्मेलन आयोजक समितिको संयोजक प्रेमकुमार राईले भावि कार्ययोजना, सचिव निर्मला राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामबहादुर राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

यायोक्खाको भदौ १७–१८ गते मोरङ जिल्ला अधिवेशनमा पथरीमा र अशोज ८–१० गते काठमाडौंमा यायोक्खा ११ औं महाधिवेशन हुने यायोक्खा केन्द्रीय प्रभारप्रशार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिको शनिबार भएको सातौ नगर अधिवेशनले पुःन प्रेमकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत चयन भएको छ । नव निर्वाचति अध्यक्ष प्रेम वाम्बुले राई गत कार्यकालमा पनि अध्यक्ष थिए ।

समितिको उपाध्यक्षमा प्रेम चाम्लिङ राई, रामबहादुर राई सचिवमा निर्मला राई, कोषाध्यक्षमा रुवाधन राई, सहकोषाध्यक्षमा उमेश राई सर्बसहमत चयन भएका छन् । सदस्यहरुमा दिपकुमार राई, कमल राई, देउमान राई, आशबहादुर राई, थिरकुमार राई, बिशाल राई, पञ्चबहादुर राई, सन्तप्रसाद राई, गजेन्द्र राई, मदन राई चयन भएका छन् । यसैगरी ध्यानबहादुर राई, कृष्ण राई, देबिमाया राई, गम्बा रुम्दाली राई र खड्गबहादुर राई सदस्यमा सर्बसहमत चयन भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!