हिपमत डटकम

शनिबार, भाद्र ११, २०७९ || 3150  पटक पढिएको

विराटनगर। आसन्न ऋषी पञ्चमीको अवसरमा श्री गुरु कविर साहेव स्थान विराटनगरले आश्रमका वृद्धवृदालाई जलपान गराएको छ । विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो ।

आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई खिर, पुरी, तरकारी लगाएत मिठाईका विभिन्न परिकारहरु ग्रहणको लागी दिईएको थियो ।
श्री गुरु कविर साहेव स्थान , कविरका अनुयायीहरुको मन्दिर हो ।

कविरको मन्दिरले विभिन्न धार्मिक अवसरहरुमा भजन कृतन एवं जालपान लगाएतको समाजिक काम गर्दै आएको कविर स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी गराए । कार्यक्रममा आश्रमका अध्यक्ष जगत अज्र्यालले वृद्धवृद्धालाई लक्षितगरी जालपान कार्यक्रम आयोजाना गरेकोमा कविर मन्दिर समितिलाई धन्यवाद समेत व्यक्त गरे ।

बिराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको छ । बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको बताइएके छ ।

गुरु कविर साहेव ५६८ वर्ष अघि भारतमा उत्पत्ती भएको किंबदन्ती छ । उनले विश्वमा छुवाछुत उन्मूलनका लागी अगुवाको भुमिका खेलेको अनुयायी बताउँछन् । श्री कविर साहेव हिन्दु धर्म अन्र्तगत नै पर्दछ । अन्तर यति मात्र छ, हिन्दु धर्मले छुवाछुत मान्छ, कविरका अनुयायी छुवाछुत मान्दैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!