विराटनगर। हिपमत मिडिया हाउस विराटनगरले नेपाली देश भक्ति म्युजिक भिडियो ‘म परदेशी बन्दिन’ को विमोचन गरेको छ ।
विराटनगर -९ स्थित नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा विराटनगर महानगर पालिकाको मेयर नागेस कोईरालाको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गर्दै उक्त म्युजिक भिडियो विमोचन गरेका हुन् । उक्त म्युजिक भिडियो कुन्दन फिल्म्सले निर्माण गरेका हुन्
मिथिला रत्न भनेर चिनिने गायक वीरेन्द्र कुमार झाको स्वर रहेको नेपाल नेपाली र देश भक्तिको भाव समेटिएको म्युजिक भिडियो विमोचन कार्यक्रमको अध्यक्षता हिपमत मिडिया हाउसको अध्यक्ष कलाकार तथा नेपाल पत्रकार महासंघ मोरङ्ग शाखाको कार्यसमिति सदस्य वीरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा उक्त नेपाली गीतमा विभिन्न विधा मार्फत योगदान पुर्याउने दर्जनौं व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गरेका थिए। कार्यकममा साहित्यकार खेम नेपाली, मैथिली नायक विजय कामत, पूर्व नेपाल प्रहरी उपरिक्षक बिध्यानन् माझी, मैथिली अभियन्ता प्रविण नारायण चौधरी, लगाएतको उपस्थिति रहेको थियो ।विमोचन गरिएको नेपाली देशभक्ति गीत “म परदेशी बन्दिन” कुन्दन फिल्मस् को यू ट्यूब च्यानल मार्फत हेर्न सकिन्छ ।
हिपमत मिडियाले समाचार संगै विभिन्न क्षेत्रको ओझेलमा परेको कलाकारहरुलाई प्रोहोत्सान गर्दै सम्मान गर्दै आईरहेको छ। यसै महिना बांतार समुदायका ३ जना कलाकारहरुलाई जनही १५,१० र ५ हजार गरि सम्मान गरेको हिपमत मिडिया हाउसका अध्यक्ष बिरेन्द्र कुमार साहले जानकारी दिए। हिपमत मिडिया हाउसले विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई समेत लाखौ आर्थिक सहयोग जुटाईदिएको
साहले बताए।