हिपमत डटकम

सोमबार, भाद्र ०६, २०७९ || 2955  पटक पढिएको

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिव १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ ।

‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो ।

सोही अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई विश्वव्यापी खाद्य संकटबाट जोखिममा परेका जनतालाई जोगाउन १ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो । अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुराको सुनिश्चितता गर्न सहयोग गर्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!