बिराटनगर ।विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पबाट गत साउन महिनामा मोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको हो ।

सो अवधिमा २ हजार ८ सय ७२ जनाको रक्त परीक्षण, २ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे र १ हजार ४ सय ७९ जनाको मुटुको जाँच इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ८ सय १३ जनाको दाँत खोलिएको छ । यता, एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ७ हजार ४ सय ३२ बिरामीलाई नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ । जसमध्ये ३ सय १३ जनाको शल्यक्रिया गरिएको छ । बिरामीहरूलाई अस्पताल ल्याउने र पुर्‍याउने व्यवस्था पनि नोबेल अस्पतालले नै मिलाएको छ ।

यसअघि गत असार महिनामा एम्बुलेन्स क्याम्पबाट १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका थिए । गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केही महिनायता स्वास्थ्य शिविरसँगै एम्बुलेन्स क्याम्प पनि सञ्चालन थालेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!