बाँके । कोहलपुर नगरपालिका-११ गन्धर्व बस्ती बस्ने शक्तिमान घर्तीमगरको ७ वर्षीय छोरा बिमित घर्तीमगरको सोही ठाउँस्थित डुडुवा खोलामा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।