हिपमत डटकम

मंगलबार, साउन ३१, २०७९ || 2094  पटक पढिएको

काठमाडौं महानगरपालिका-६ महाँकाल ओरालोबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ११ हजार ५०० रुपैयाँ सहित सोही ठाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका-२९ रतनपुर घर भएका २७ वर्षीय सञ्जय आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आलमलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २२ वर्षीय सुजन स्याङतानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका-६ पुलचोक बेल्टारबाट करिब २ केजी ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५४ वर्षीय मंगल बहादुर विश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मंगल बहादुरको घरमा गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडिबाट १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाम चुलाचुली गाउँपालिका-४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्य नारायण याख्खालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सिरहा जिल्लाको लहान नगरपालिका-१ स्थित सडकबाट करिब ९० केजी अवैध लागूऔषध गाँजा र नगद २८ हजार रुपैयाँ सहित धनगढीमाई नगरपालिका-९ बस्ने २९ वर्षीय सरोज लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी एम्बुलेन्स चालक लामालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!