हिपमत डटकम

बिहिबार, साउन २६, २०७९ || 1040  पटक पढिएको

उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘निःशुल्क शिक्षा कानेपोखरी गाउँपालिकाको इच्छा’ कार्यक्रम ल्याएको थियो।

सोही कार्यक्रमअन्तर्गत पालिकाभित्रका चारवटा विद्यालयका विद्यार्थीलाई ११ र १२ कक्षा निःशुल्क पढाउन लागिएको गाउँपालिका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो।

उहाँका अनुसार पालिकाभित्र बसोबास गर्ने र यहीका विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र यो सुविधा प्रदान गरिने भएको हो। गाउँपालिकाका जनसेवा मावि, रमाइलो बहुमुखी क्याम्पस, शिक्षा विकास मावि र श्रीमावि होक्लाबारीमा ११/१२ को पढाइ हुने गरेको छ। पालिकाले भर्ना शुल्कबापत एक हजार र मासिक शुल्कबापत चार हजार ८०० रुपियाँ उपलब्ध गराउने छ। अब विद्यार्थीले पोशाक, पुस्तक र रजिस्ट्रेसनबापतको शुल्क मात्र तिरे पुग्ने भएको छ।

गाउँपालिकाभित्रका विद्यार्थीले पालिकाभित्रै अभिभावकको प्रत्यक्ष निगरानीमा अध्ययन गर्न पाउन् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो। हाललाई बाहिरबाट आउने विद्यार्थीका लागि यो सुविधा दिइने छैन। “निःशुल्क भनेपछि सबैतिरको आकर्षण हुनसक्छ, त्यसैले पालिकाभित्रका विद्यार्थीका लागि यो कार्यक्रम लक्षित गरिएको हो,” घिमिरेले भन्नुभयो।

यता प्राविधिक विषय बाली विज्ञान अध्ययन गराइरहेको जनसेवा माविका प्रधानाध्यापक दामोदर सिग्देलले भन्नुभयो, “विद्यालयसँग समन्वय छैन्। प्राविधिक विषयका विद्यार्थीलाई पनि यो सुविधा प्राप्त हुनुपर्ने हो तर दिइएको छैन,” सिग्देलले बताउनुभयो। विद्यालयले वार्षिक ३४ हजार रुपियाँमा बाली विज्ञान विषय पढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!