हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 28237  पटक पढिएको

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधव नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन ।

आज रौतहटको गौरमा आयोजित कार्यक्रममा उनले नेपालले प्रधानमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा केही काम नगरेको बताएका हुन । ओलीले आफू प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेको बताए ।

अध्यक्ष ओलीले हुलाकी राजमार्गदेखि रेलमार्गसम्ममा आफूले बजेट विनियोजन गरेको बताएका हुन ।

मधेसका एमाले नेताहरु प्रभु साह, रघुवीर महासेठले तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको उनको भनाइ छ । अध्यक्ष ओलीले आगामी निर्वाचनमा पाँच वा छ दल भनेका अब साइनबोर्डका मात्र दल जनताले बनाइदिने दाबी गरे ।

भ्रष्टाचार गर्ने, विकासका कामहरु नगर्ने तथा देशको हितको बारेमा नसोच्ने पार्टीहरुलाई जनताले बहिष्कार गर्नुपर्ने ओलीको भनाइ छ । उनले अबको निर्वाचन पछि एमालेको सरकार बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गौरका पूर्व नगरप्रमुख अजय गुप्ता लगायतका नेता एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!