वाराणसी, साउन २५ –भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी क्षेत्रमा आएको बाढी र पहिरोका कारण अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार गरिएको छ। उद्धार गरिएका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको बताइएको छ भने उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

साउन २४ गते (अगस्ट ८, २०२५) मा कालिकोटका प्रशान्त कामुको उद्धार गरिएको थियो।
त्यसको भोलिपल्ट, साउन २५ गते (अगस्ट ९) मा थप नेपाली नागरिकहरू उद्धार गरिएका छन्।
उद्धार गरिएका नागरिकहरूमध्ये अधिकांश हरिद्वार गएका थिए, केही उत्तरकाशीमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका थिए। उनीहरूको नामावली यसप्रकार छ:

  • प्रशान्त शाह, कोमल शाह र रमन शाह (श्रीमान्, श्रीमती र छोरा)

  • गंग बाबुका छोरा दिश र श्रीमती दिशा

  • सूर्य शाहीका छोरा विष्णु शाही

  • पवित्र सिंहका छोरा बिक्रस सिंह

  • नरसिंह बोहोराका छोरा बहादुर बोहोरा

  • गणेश बहादुर शाहीका छोरा ध्वराज शाही

  • राज बहादुर शाहीका छोरा लाल बहादुर शाही

  • दिपेन्द्र शाहीका छोरा सुरेश शाही (बझाङ)

  • नरेन्द्र शाहीका छोरा अनन्दरुद्र शाही (बझाङ)

उद्धार कार्यमा नेपाली दूतावास, भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूबीच समन्वय गरी प्रभावकारी रूपमा काम गरिएको जनाइएको छ।

यसैबीच, बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरूमा थप नेपाली नागरिकहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको पनि दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!