हिपमत डटकम

आइतबार, साउन २६, २०८२ || 2251  पटक पढिएको
काठमाडौं । नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार पारिएको गीत “भो यो माया”  सार्वजनिक गरिएको छ। गीतमा गायक नारायण सुवेदी ‘आभास’ को सुमधुर स्वर सुन्न पाइन्छ, जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ ।
गीत “भो यो माया” ले नेपाली संगीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ। सर्जक समिप आचार्यको सिर्जनामा समेटिएको सरल तर गहिरो भावले गीतलाई गहन बनाएको छ। गायक नारायण सुवेदीको सुमधुर स्वर र मौलिक संगीत संयोजनले यो सिर्जनालाई आम श्रोतामाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ ।

गीतको एरेञ्ज उदय राज पौडेलले गरेका हुन् भने मिक्सिङ र मास्टरिङको काम किशोर थापाले सम्हालेका छन्। म–बीट स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मोनीश चाम्लिङ हुन्। नेपाली मौलिक वाद्यबाधनलाईको उत्कृष्ट संयोजन गीतमा सुन्न सकिन्छ — सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीके को विशेष योगदान रहेको छ।

कर्ण बहादुर खड्काको छायाँकन , सुन्दर क्षेत्रीको सम्पादन तथा मिना बुढाथोकी सावित्रीको निर्देशन मा भिडियो लाई तयार गरएको हो । गीतसँगै सार्वजनिक भएको म्युजिक भिडियोमा कलाकार किरण तामाङ र ललिता थापाको अभिनय देख्न सकिन्छ ।  भिडियोमा उनीहरूले प्रेम र पीडाको कथा मार्मिक ढंगले प्रस्तुत गरेका छन्। सशक्त अभिनय, आकर्षक छायांकन र भावनासँग मेल खाने सम्पादनले भिडियोको स्तर उच्च बनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!