हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 14274  पटक पढिएको

सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!