बिराटनगर। मोरङको बिराटनगर महानगरपालिका-८ बालगोपाल टोल स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
शनिवार राती ९ बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।
करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।