एजेन्सी। चीनले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो सीमा क्षेत्रमा आएको भन्दै जापानले आपत्ति जनाएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास शुरु गरेको थियो ।

सो क्रममा चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ ।

जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताएका छन् ।

ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

चीनले आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती भन्दै आएको छ ।

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् । चीनले सैन्य अभ्यास पाँच दिनसम्म जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!