हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 2207  पटक पढिएको

गोपाल काफ्ले
पथरी। स्वादिलो तथा पोशिलो फल ड्राईगन फुटको यतिबेला बजारममा राम्रै माग रहेको छ । बर्षीक ठुलो संख्यामा बाहिरबाट आयत हुने ड्राईगन फुट यतिबेला नेपालमै फल्ने गरेको छ । सुनवर्षि नगरपालीका वडा नं. १ का गणेश राईले तुर्छा ड्रायगन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममा ठुलो संख्यामा ड्रायगन फ्रुट उत्पादन गरेका छन । २ बर्ष अघि रोपेको ३२ सय पोलले यतिखेर राम्रै उत्पादन सुरु गरेको हो । तुर्छा कृषी फर्ममा सायमा रेड सि प्रजाती (रातो फल) दिने ड्राईगन फुट यतिबेला लटरम्बै फलेको छ ।

निमार्ण ब्यावसायी राईले लकडाउनको असरबाट १ करोडको लगानीमा फर्म संचालनमा ल्याएका थिए । राईले ठुलो चुनैती मोलेर ३ महिना सम्म १५/२० जना कामदार लगाई ३२ सय पोल रोपेको हुन । उनि यतिबेला ६ जना कामदार संगै बारीमा भेटीने गरेका छन । राईले यो सिजनमा मात्र ८ हजार केजि फल र २८ हजार विरुवा बेचेका छन । राईको फर्ममा रहेको ड्राईगन फुट एक सिजनमा १५/१६ पटक फल दिने राईले बताए । आफ्नो ब्यावसायबाट सन्तुस्ट रहेका राई यो सिजन अझै ५ हजार केजि फल बेच्ने आशा लिएका छन ।

राईले ड्राईगन फुट ब्यावसायमा लागेका गणेश राईले यो बर्ष १ करोड आम्दानी गरेका छन । २ बर्ष अगाडी सुरु गरेको ब्यावसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिएन्न । १ करोड माथिको लगानीमा आफ्नै ३ बिघा क्षेत्रफलमा लगाएको ड्रायगन खेतिले राईको लगानी उठाइ सकेको छ । प्रतिकेजी ६/७ सय पर्ने ड्रायगन फ्रुट राईको फर्ममा ३२ सय पोल रोपे रहेको छ । १ पोलबाट बार्षीक १ सय ५० केजि उत्पादन हुने गरेको छ । ड्रायगन फ्रुट संगै भित्र भित्र बुटे खेली गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाएको छ । सुरु गरेको दोस्रो बर्षबाट आम्दानी दिने गरेको राईको भनाई छ । ड्रायागन फ्रुटले सुरु गरेको दोस्रो बर्षबाट आम्दानी दिने सुरु गरेको हाे । आफ्नै ३ बिघा क्षेत्रफलमा २ बर्ष अगाडी सुरु गरेको ब्यावसायले यति छिटो आम्दानी देला भन्ने राईले सोचेकै थिएन्न ।

किसानले यो खेति सुख्खा र पानी नजम्ने नेपालको सबै ठाउमा गर्दै आएका छन । एक पटक लगानि गर्दा कम्तिमा २५ बर्ष सम्म आम्दानी दिने ब्यावसाय भएकाले यस प्रति कृषकको आकर्षण बढेदै गएको छ । सानो क्षेत्रफलमा थोरै लगानीान यो खेती ब्यावसाय गर्न सकिने भएकाले कृषकको आकर्षण बढेदै गएको छ । सरकारले ड्रायागन फ्रुट खेतीमा युवालाई आकर्षण गर्न सके आफ्नै देशमा रोजगारको मिल्ने र बिदेशिनु पर्ने समस्या घट्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!