हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 951  पटक पढिएको

एजेन्सी । विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किएकी छन् ।

२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ । पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सीमा वरपर सैन्य अभ्यास शुरू गरेको छ ।

पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यासको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुनेछन् । त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुने बताइएको छ ।

चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताएका छन् ।

ताइवानका बन्दरगाह अधिकारीहरूले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेका छन् र यातायात मन्त्रीले ताइपेईले छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताएका छन् ।

बढ्दो तनावबीच चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धविमानहरू उडाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!