बीरेन्द्रकुमार साह

बुधबार, साउन १८, २०७९ || 8592  पटक पढिएको

नेपाल कृषिप्रधान देश हो तर यो देशमा कृषिकर्मको कुनै इज्जत छैन। नेपालको अधिकांश नागरिक कृषि पेशामा निर्भर छन् भनिन्छ। यद्यपि आवश्यकता बढेसँगै कृषिकर्मलाई सबैभनद तल्लो स्तरको काम भनेर पनि हेपाइती गरिन्छ।

मल अभावका कारण लाखों किसान अहिल निरिह देखिन्छन्। मलको अभावका कारण आफ्नो पसिना अनुसारको उत्पादन पाउन सकिरहेका छैनन् हाम्रा किसान गाउँघरमा कुनै संस्थाको माध्यमबाट धारे मल आई हाल्यो भने पनि विहान ५ बजेदेखि साझासम्म लाम्येतानको लाईन बस्दा समेत हाम्रा किसान दाजुभाइले मल पाउन सकेका छैनन् ।

यसको जिम्मेवार को ? किसानको दोषी को ? यो गम्भीर प्रश्न हो र यसको जवाफ लाखौ किसान दाजुभाईले खोजिरहेका छन् तर उत्तर कसैले दिन सकेका छन् र उत्तर दिन उपयुक्त पनि ठान्दैनन् हाम्रा अभिभावकहरु त्यहि पनि हामि नेपाल सरकारको जयगान गाउँ पछि हट्दैनौ जय होस नेपाल सरकारको नेपाली नेतागणको किनकि हरेक वर्ष बजेट भाषणमा हाम्रो किसान दाजुभाईको बिषयमा कुरा उठेकै छ सपना देखाईएकै छ अरु के चाहियो र हामि नेपालीहरुलाई सपना बाड्दा पनि खुशी हुने हामि नेपाली मात्र होलाउ विश्वमा।

सरकारले संघिय सरकार ,प्रदेश सरकार र स्थानिय सरकारलाई कार्यकर्ता भर्ति केन्द्र बनौं पाएकै छन् अरु के चाहियो र हाम्रो होनहार नेतागण लाई गरिबोका मसिहा पनि तिनै नेता हुन् र तिनै नेताहरुलाई कार्यकर्ताहरुले देवाताभंदा कम दर्जा दिदैनन् भक्ति भावमा पनि कुनै कमि राख्दैन् कार्यकर्ताहरुले। केहि गलत गरि हाल्यो भने पनि जयजय कार लगाउन कदापि पनि पछि हड्दैन्न झोलेहर।

आफ्नो नेताहरुले भष्टाचार गरे पनि तिनै नेताको बचाउमा लाखौ कार्यकर्ताहरु सडक तताउछ्न्न आन्दोलन गर्छन् तर जब किसानको समस्याको बिषयमा कुरा उड्छ ,जब किसान दाजुभाई समस्यामा पर्छन् चुईक्क कोहि बोल्दैनन बोलुं पनि किन किसानको बिषयमा बोलेर उनीहरुलाई के फाईदा झोलेगिरी त आफ्नो नेता कै गर्नु पर्यो होईन कि कसो ? मारमा त गरिब किसन नै हुन् कहिले किसान मजदुरको बिषयमा बोलि दिने नेता जन्दिन्छ हाम्रो देशमा ?आखिर हाम्रो नेताहरुले जे जे गरेपनि हाम्रो नेताहरुलाई हामीले छुट दिएकै छम। काम नगरे पनि चुनावमा जिताएकै छम बढी आशा के राख्नु नेतागण र सरकार बाट जय होस मेरो सरकार जति भ्य्रष्टचार गरे नि गर्नुस कसैले चुक्क बोल्दैनन पालै पालो देशलाई लुटनुस तपाईहरुलाई रोक्ने को नै छ र ?एउटा राजालाई फालेपानी हजारौ राजा हामि नेपाली जनताले जन्माएकै छम जय होस राजाहरुको।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!