हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 3505  पटक पढिएको

एजेन्सी। अमेरिकी तल्लो सदन कि सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति चीनले आक्रोशयुक्त प्रतिक्रिया दिएको छ ।

चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति दुष्ट भएको र गम्भीर परिणामहरूको चेतावनी दिएका हुन् । उनले चीन चुपचाप नबस्ने बताएका छन् ।

चिनियाँ सेनाले लक्षित सैन्य कारबाही शुरु गर्ने जनाएको छ । चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ ।

चिनियाँ सैनिकले युद्धको अभ्यास पनि गरिरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्नसलाई बोलाएर भ्रमणप्रति विरोध जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको जानकारी दिएकी छिन् ।

मंगलबार साँझ ताइवान पुगेकी पेलोसीले आज राष्ट्रपति साई इङ्ग–वेन र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

ताइवान पुगे लगत्तै उनले ताइवानको लोकतन्त्रलाई समर्थन गर्ने प्रतिबद्धतालाई सम्मान गर्न चाहेको बताएकी छिन् ।

पेलोसीको भ्रमणलाई ह्वाइट हाउसले भने समर्थन गरेको छैन । उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो । २५ वर्षयता ताइवान भ्रमण गर्ने पेलोसी पहिलो अमेरिकी उच्च अधिकारी हुन्  । उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छिन् ।

पेलोसी ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी थालेको छ ।

चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको उसको भनाइ छ । ताइवान स्वशासित टापु भएपनि चीनले उसमाथि दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!