हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 935  पटक पढिएको

काठमाडौं। नेपाल आयल निगमले दुई पटक मूल्य समायोजन हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेसन ‘आईओसी’ले एक महिनाकै अवधिमा प्रतिलिटर ३० रुपैयाँभन्दा बढी मूल्य घटाएर पठाए पनि मूल्य नघटाइएको हो ।

निगमले अर्थ मन्त्रालयले कर समायोजन नगरिदिँदा नोक्सानी कायमै रहेको जनाउँदै मूल्य नघटाएको हो ।

सरकारले यसअघि नै इन्धनमा लाग्दै आएको कर समायोजन गरेर मूल्य घटाइएको बताए पनि अहिलेसम्म कार्यान्वयन नभएको निगमले जनाएको छ ।

अर्थले कर घटाउने वाचा पूरा नगरिदिँदा सर्वसाधारणले उच्च दरमा इन्धन किनिरहनुपरेको गुनासो गरेका छन् ।

आईओसीले जुलाई १५ मा पठाएको मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा घटेको थियो  ।

आईओसीले अगस्ट एकमा पठाएको नयाँ मूल्यमा पनि इन्धनको मूल्य थप घटेर आएको छ ।

सोमबार प्राप्त मूल्यसूचीमा डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको छ । तर कर समायोजन नगरिएकाले निगम नोक्सानीमै रहेको भन्दै मूल्य घटाउन निगमले चासो दिएको छैन ।

वित्तीय अवस्थाले तत्काल मूल्य घटाउन सक्ने अवस्था नरहेको निगमको भनाइ छ ।

निगमले गत वर्ष मात्रै ५० अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको छ । अझै निगमले आईओसीलाई अझै पनि २२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!