हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 949  पटक पढिएको

काठमाडौ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से तीन दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा पुगेको हो ।

कारोबार रकम पनि सुस्ताएको छ । हिजो सोमवार चार अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो । हिमालयन डिष्टिलरीको ९ करोडको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये ९२ कम्पनीले गुमाएका छन । ८२ कम्पनीले कमाएका छन् भने छ कम्पनीको शेयरमूल्य भने यथावत नै रहेको छ । आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ ।

व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ । विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!