रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार सङ्घकि उपाध्यक्ष गीता अधिकारी द्वारा चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन । २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिदै जादा चलचित्र पत्रकारबीच चुनावी माहोल तातेको छ यतिवेला । केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् ।

डेढ दशक लामो चलचित्र पत्रकारिताको दौरानमा दर्जनभन्दा बढी पुरस्कारबाट समेत सम्मानित भइसकेकी गीता अध्यक्ष पदको बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छिन् । २०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितामा आफूलाई संलग्न गराउँदै आएकी छन् । अहिलेसम्म आउँदा यस क्षेत्रमा उनको नामले दिनप्रतिदिन उचाई प्राप्त गरिरहेको छ ।

नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह–सम्पादक र मिलापमा रहेकी छन् । उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् । रङ्ग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् ।

चलचित्र पत्रकार सङ्घमा सदस्यहुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता अध्यक्ष पदको बलियो दाबेदार रहेकी छन् । चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा उनी आएमा पहिलो महिला अध्यक्ष हुने छिन् । अध्यक्षलागयत अन्य पदमा धेरै आंकाक्षी रहेपनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!