
जनकपुरधाम । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाराको क्षेत्र नम्बर ३ बाट पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

क्षेत्रीय सभापति प्रभात चौरसियाका अनुसार प्रत्यक्षतर्फ देउवासहित केन्द्रीय सदस्य तथा निवर्तमान सांसद फर्मुल्लाह मन्सुर, जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रविकरण साह र अम्बिका ठाकुर गरी १० जनाको नाम सिफारिस गरिएको हो।
निर्वाचन मिति नजिकिँदै जाँदा बारामा सक्रिय राजनीतिक दलहरू उम्मेदवार छनोट प्रक्रियामा जुटिरहेका छन्।