हिपमत डटकम

सोमबार, साउन १६, २०७९ || 4262  पटक पढिएको

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मधेशी समुदायको स्पष्टता कायम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले कुनै जात वा समुदाय मधेशी हुन भन्ने अवधारणामा स्पष्टता नआएसम्म आयोगको कार्यक्षेत्रको दायरा निक्र्यौल हुन नसक्ने भन्दै मधेशी समुदायको स्पष्टता कायम गर्न आयोगलाई निर्देशन दिएको हो ।

मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाती लगायतका समूहमा हुने कार्यक्रमहरुमा दोहोरोपना नहुने गरी काम गर्न पनि समितिले आयोगको ध्यानाकर्षण गराएको छ ।

बैठकले मधेशी समूदायभित्रको उत्पीडन, दाईजो बोक्सी प्रथा जस्तै कुसंस्कारलाई नियन्त्रण गर्न आयोगको महत्वपूर्ण योगदान रहने भन्दै यसका लािग स्थानीय तहसंग प्रभावकारी समन्वय गरि निरोधात्मक प्रकृतिका कार्यलाई प्राथमिकता दिन पनि आयोगलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!