बरियारपट्टी । सिरहा जिल्लाको दक्षिणी भेग बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नि:शुल्क ३ महिने कम्युटर तालिम सञ्चालनमा ल्याएको छ।
गत निवार्चनमा नेकपा माओवादी पार्टी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष बिनोद कुमार यादवले संचालनमा ल्याएको छ । श्री जनता माध्यमिक बिधालय बरियारपट्टीमा रहेको कम्युटर हलमा कक्षा संचालन गरेको हो ।
माध्यमिक तहमा अध्यनरत्त छात्र छात्राहरुलाई लक्षित गरी कम्युटर तालिम सञ्चालनमा ल्याएको वडा अध्यक्ष यादवले हिपमत डटकमलाई बताए ।
पैसाको अभावले शहरमा गएर पढन नसक्ने गरिब,असहाय,दलित, फरक क्षमता भएका ब्यात्ती तथा विपन्न परिवारका छात्र छात्राहरुलाई निशुल्क कम्प्यूटर प्रशिक्षण दिने यादवले बताए ।
मैले चुनावको बेलामा जनता संग गरेका वाचा पुरा गर्दै आएको छु । कार्यलय बाहेकको समयमा शिक्षा क्षेत्रमा आफ्नो समय दिदै आएको छु । चुनाव जितेको केही समय पछी देखि नै विहान कक्षा ११ र १२ मा अंग्रेजी बिषय पढाउदै आएको छु । अब कम्प्यूटर कक्षा पनि लिने छु । मैले नि:शुल्क पढाउने छु, कहि कतैबाट कुनै पारिश्रमीक न लिने बताए । मैले जति सक्छु त्यती यस समाजको लागि कार्य गर्छु ।
शिक्षा क्षेत्रमा वहाँको यो कदमले नगरवासी हर्षित भएका छन् ।
पछिल्लो समय वडा अध्यक्ष यादवले वडाको हरेक क्षेत्रको विकास गर्न तिव्रता ल्याएका छन् ।
को हुन बिनोद कुमार यादब ?
वि.सं २०४१ साल कार्तिक २१ गते सिरहाको साविक बरियारपट्टी गा.बि.स. वडा नम्बर १ (हाल बरियारपट्टी गाउँपालिका-३) मा जन्मेका बिनोद कुमार यादव +२ पढदा देखि नै नेपाली राजनीतिमा सक्रीय रहेका छन् । माता दानाबती देबि यादव र पिता कामेश्वर यादवको तेस्रो सन्तान हुन । प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका यादबले सिरहाको श्री सुर्य नरायण सत्य नरायण मरवैता यादब बहुमुखी क्याम्पस पढदै देखि नेपाली राजनितीमा चासो राखदै आईरहेका थिए ।
सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय रहेका यादब क्याम्पसका बिद्यार्थि रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भएका थिए । आफु कलेजमा आई.ए.ड. को बिद्यार्थि भएपनि सो क्याम्पसमा पढ्ने सबै संकायका बिद्यार्थीहरुको समस्या समाधान गर्ने गर्थे ।
अङग्रेजीमा स्नातकोत्तर गरी उनी श्री जनता माध्यमीक विद्यालय (प्रा.धा.) बरियारपट्टी-३ मा शिक्षको रुपमा कार्यरत थिए । बिगत ११ बर्ष देखि + २ मा अङग्रेजी बिषयको अधयन अधयापन गराउदै आईरहेका थिए। देश र जनताको लागि आफ्नो ब्यक्तीगत जिवनलाई राजनितीमा समर्पित गरेको यादवले बताए ।
शिक्षा संगै उनी राजनीति र समाज सेवामा समेत यादव सक्रिय रहदै आईरहेका थिए । कोमल मन भएका यादव समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आई रहेका छन् । स्थानिय बिभिन्न संघ संस्थामा अध्यक्षको रुपमा काम गरेर समाजलाई सहयोग गरे छन् ।