हिपमत डटकम

आइतबार, साउन १५, २०७९ || 15284  पटक पढिएको

काठमाडौँ । ‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगीता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगीताका लागि जुनै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् ।

प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको प्रतियोगीतको पहिलो अडिसन यहि साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी बिभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।

मौलिक संस्कृति, जातिय परिचय, साँस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि साँस्कृतिक मुल्य , मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य ‘मिसेस नेपाल कलल्चर’ को अवधारणा ल्याइको आयोजक युहानका निर्देशक सानु खानले बताए ।

‘विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस नेपाल कल्चर’ को साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजएको हो’ खानले थपे ।प्रतियोगीताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलवा बिभिन्न अवसर समेत प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!