हिपमत डटकम

बिहिबार, पौष १७, २०८२ || 1648  पटक पढिएको

किमाथांका — सङ्खुवासभाको उत्तरी भोटखोला गाउँपालिका–१ स्थित किमाथांका नाकामा नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको संयुक्त निरीक्षण गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको सीमा सुरक्षा पोष्ट (बिओपी) किमाथांका, नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भ तथा सीमाको अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरका चार वटा सीमा स्तम्भको अवस्था अध्ययन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए।

संयुक्त टोलीले सीमा चिन्हको अवस्था, इलाकाको वस्तुस्थिति तथा सुरक्षासम्बन्धी विषयमा समेत अवलोकन गरेको जनाइएको छ। निरीक्षण टोलीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट किमाथांका बिओपी इन्चार्ज नवीन खतिवडाको नेतृत्वमा ११ जना, चीनको स्वशासित क्षेत्र तिब्बततर्फका डिएसपी दावा छिरिङको कमाण्डमा सात जना तथा नेपाल प्रहरीका पाँच जना सहभागी थिए।

भोटखोला गाउँपालिकाका १, २ र ३ नम्बर वडा सिधै चीनको भू–भागसँग जोडिएका छन्। सङ्खुवासभा जिल्लामा हाल २१ वटा सीमा स्तम्भ रहेका छन् भने किमाथांका क्षेत्रमा रहेका नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा स्तम्भ पुराना रहेको बताइन्छ।

गत जेठ महिनामा आएको बाढीले ७१/१ नम्बरको सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको थियो। भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङ खोलामा बाढीले बगाएको उक्त सीमा स्तम्भ हालसम्म फेला नपरेको जनाइएको छ।

किमाथांका नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको हो। यस क्षेत्रमा करिब पाँच हजार जनसंख्या बसोबास गर्दै आएको छ। स्थानीयको मुख्य जीविकोपार्जन आलु र कोदो खेती तथा सीमापारिको चाँगा बजारमा गएर दैनिक मजदुरी गर्ने रहेको छ। खाँदबारीदेखि किमाथांका करिब १६२ किलोमिटर दूरीमा पर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!