हिपमत डटकम

आइतबार, साउन १५, २०७९ || 10436  पटक पढिएको

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको दाबी गरेका हुन । अध्यक्ष ओलीले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायव गरिएको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा पत्नी आरजुले बीजेपीका विदेश विभाग प्रमुख विजय चौंथाईवालालाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भईरहेको बताए ।

अध्यक्ष ओलीले नेपालका चाडपर्वहरुले नातागोतामा टुटेको सम्बन्धलाई पनि जोडने काम गरिरहेको स्मरण गरे । चाडपर्वहरुले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!